शुक्रबार, कात्तिक २ गते २०८२

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ । आज बिहान मकालु गाउँपालिका३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिनुभयो ।