मंगलबार, वैशाख १० गते २०८२

सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

अखबार दैनिक
मंगलबार, वैशाख १० २०८२
  • सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

    यहाँको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी आज पनि जारी रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब ८ः३० बजे खोटाङको केपिलास गढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र उहाँका भान्जा इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिस आचार्य डुबेर बेपत्ता हुनुभएको थियो ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले घटनाबारे जानकारी पाउना साथ उद्धारमा प्रहरी खटाइएको बताउनुभयो । गोताखोरसहितको अनुभवी सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजतलास गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    प्रवक्ता खतिवडाले भन्नुभयो, “हिजो पानीको सतह बढेको र धमिलो भएकाले खोजीमा समस्या भएको थियो । आज बिहानैदेखि खोजी भइरहेको छ ।”

    सशस्त्र प्रहरी बलका पाँच जनाको तालिम प्राप्त गोताखोरको टोलीसहित ११ जना पौडीबाज बिहानैदेखि खटिएको सशस्त्र प्रहरी बल–४ नम्बर गण सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । उहाँहरु बराह क्षेत्र मन्दिरमा पूजागर्न गएका बेला नुहाउने क्रममा डुबेर बेपत्ता हुनुभएको हो ।रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ