मंगलबार, वैशाख १० गते २०८२

बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो

बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो

अखबार दैनिक
मंगलबार, वैशाख १० २०८२
  • बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो

    बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज जलेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार शरिरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो । शव फेला परेको स्थान नजिकै तोरीको भुसामा उनको मोटरसाइकल समेत जलाइएको पाइएको छ ।

    images

    बेलडाँडी गाउँपालिका–३ का बासिन्दा राना भैँसीपालन गरी दुग्ध व्यवसाय सञ्चालन गर्दैआएका थिए । “घटनास्थलमा प्रहरी टोली पुगेको छ,” प्रहरी नायब उपरीक्षक जोशीले भन्नुभयो, “के कति कारणले रानाको मृत्यु भयो भन्नेबारे अनुसन्धान गर्दैछौँ ।” रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ