मंगलबार, वैशाख १० गते २०८२

शिक्षक आन्दोलन थप चर्कियो, सिंहदरबार र वालुवाटारको कुर्सीमा काँडा उम्रिएको दाबी

शिक्षक आन्दोलन थप चर्कियो, सिंहदरबार र वालुवाटारको कुर्सीमा काँडा उम्रिएको दाबी

अखबार दैनिक
मंगलबार, वैशाख १० २०८२
  • शिक्षक आन्दोलन थप चर्कियो, सिंहदरबार र वालुवाटारको कुर्सीमा काँडा उम्रिएको दाबी

    काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले संघर्षका कार्यक्रमहरु थप चर्काउने चेतावनी दिएका छन् ।

    images

    २१ दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका शिक्षकहरु शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि थप उत्साहित देखिन्छन् । विगतको तुलनामा मंगलबार सडकमा शिक्षकहरुको संख्या बढी देखिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

    आन्दोलनको २१ औँ दिन मंगलवार काठमाडौंको विजुलीबजारमा कुरा गर्दै अध्यक्ष सुवेदीले विद्यालय शिक्षा ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म यो आन्दोलन जारी रहने बताए ।  

    उनले भने, ‘यो आन्दोलनको उद्देश्य भनेको विगतमा भएको सहमतिलाई सम्बोधन गर्ने, विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन गराउनु हो । ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उनले सरकारको बोलीमा विश्वास नलाग्ने भन्दै ऐन जारी गराएर मात्र विद्यालय फिर्ता हुने उनले बताए ।

    २१ दिनदेखि शिक्षकहरुले जारी राखेको आन्दोलनका कारण शिक्षामन्त्रीले राजीनामा दिएकी छिन् भने शिक्षक महासंघ र सरकारबीच पटक पटक छलफल भएपनि आन्दोलन रोकिन सकेको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ