सोमबार, वैशाख ९ गते २०८२

ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन

ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन

अखबार दैनिक
सोमबार, वैशाख ९ २०८२
  • ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन

    काठमाडौं । पोप फ्रान्सिसको निधन भएको छ ।  सोमबार आफ्नो निवासमा ८८ वर्षको उमेरमा निधन भएको भ्याटिकन सिटीले जानकारी दिएको छ । क्याथोलिक ईसाई धर्मगुरु पोप फ्रान्सिस फोक्सोको संक्रमणका कारण ५ हप्तासम्म अस्पतालमा भर्ना भएका थिए । 

    images

    पोप फ्रान्सिस एक अर्जेन्टिनाका जेसुइट पादरी थिए जो २०१३ मा रोमन क्याथोलिक चर्चका २६६औं पोप बनेका थिए । उनी पोप बेनेडिक्ट सोह्रौंको उत्तराधिकारी निर्वाचित भए ।

    पोप फ्रान्सिस पछिल्लो १००० वर्षमा पहिलो व्यक्ति थिए जो गैर-युरोपेली थिए तर क्याथोलिक धर्मको सर्वोच्च पदमा पुगे । पोपको जन्म १७ डिसेम्बर १९३६ मा अर्जेन्टिनाको फ्लोरेन्समा भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ