बिहीबार , कात्तिक १ गते २०८२

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

अखबार दैनिक
बिहीबार , कात्तिक १ २०८२
  • सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

    सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ । सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुग्नुभएको थियो । उहाँले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गर्नुभयो । 

    शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा हुनुहुन्थ्यो ।उहाँको आज काठमाडौँ कपनस्थित निवासमा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । रसास

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ