शनिबार, जेठ ५ गते २०८१

काभ्रेको कात्तिके देउराली बजारमा चोरी

काभ्रेको कात्तिके देउराली बजारमा चोरी

अखबार दैनिक
बिहीबार , फागुन ११ २०७९
  • काभ्रेको कात्तिके देउराली बजारमा चोरी

    ११ फागुन, काठमाडौं । काभ्रेको कात्तिके देउराली बजारमा चोरी भएको छ ।

    images

    चौरी देउराली गाउँपालिका-६ मा रहेको बजारका पसलहरूमा बुधबार राति चोरी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । चोरी भएको जानकारी पाएपछि बिहान प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा खटिएको छ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी भाग्येन्द्र पूरुष ढकालले जानकारी दिए ।

    उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बजारका ६/७ पसलमा चोरी भएको पाइएको छ । चोरले पसलमा लगाइएका ताला रडको प्रयोगले फुटाएको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको एसपी ढकालले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार