आइतबार, भदौ २३ गते २०८१

मुस्ताङ र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरमा उत्कृष्ट  ‘होटल नेचुरल स्प्रिङ’

मुस्ताङ र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरमा उत्कृष्ट  ‘होटल नेचुरल स्प्रिङ’

शुक्रबार, जेठ ४ २०८१
  • मुस्ताङ र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरमा उत्कृष्ट  ‘होटल नेचुरल स्प्रिङ’

    बेनी । मुस्ताङ र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी कोरिडोरमा पर्यटकलाई लक्षित गरी चार तारे श्रेणीको  ‘होटल नेचुरल स्प्रिङ’  २२ महिना देखी संचालनमा आएको छ । बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले करिब ४० करोड लगानीमा सो होटल सञ्चालनमा ल्याएका हुुन् ।

    images

    85fc9975-34d3-4b04-8919-3af24544cbc9.jpeg

    करिब १२ रोपनी क्षेत्रफलमा तीन वर्ष लगाएर ७ तलाको भवन निर्माण गरिएको हो । सो होटलमा ५७ कोठा छन्, भने १५०० देखी २२५०० सम्मको गुणस्तरीय कोठाको व्यवस्था छ । होटलका सबै कोठाबाट कालीगण्डकी नदी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । होटलमा एकैपटक झण्डै दुई सय जनालाई राख्न सकिने सञ्चालक हमाल बताउछन् । “आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यानमा राख्दै होटल सञ्चालनमा ल्याएका हौँ”, उनले भने । होटलमा पार्किङ र लिफ्टको सुविधासँगै १५० जना क्षमताको सेमिनार हल, मसाज, क्याफे र योगा सञ्चालनमा छन् ।  ‘होटल नेचुरल स्प्रिङ’मा ५० भन्दा बढि कर्मचारीहरु छन्, भने लाइभ म्युजीक को पनि व्यवस्थापन छ । यहाँ नेपालमै उत्पादन भएका अर्गानिक खाना, इन्डियन परीकार र अन्य देश-विदेशका खानाहरु उपल्बध छ ।  

    1e197103-4bc6-4586-994b-af7ce3b0d78c.jpeg

    अन्नपूर्ण राउण्ड पदमार्ग र मुस्ताङ जाने एक मात्रै बेनी–जोमसोम सडकखण्डले समेटिएको ठाउँ भएकाले तातोपानीमा सञ्चालनमा आएको यस होटलले पर्यटकहरुलाई आरामदायि बसोबासको प्रवन्ध मिलाउन र पर्यटन प्रवर्द्धनमा सघाएको छ ।

    b203ed93-0cd7-47c2-a6ad-7f881d02014f.jpeg 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ