शुक्रबार, वैशाख २१ गते २०८१

३६ रोपनी १३ आना ‘श्री ५ को सरकार गुठी’ बाट आएको थियो राणा परिवारका ४ जनाको नाममा

३६ रोपनी १३ आना ‘श्री ५ को सरकार गुठी’ बाट आएको थियो राणा परिवारका ४ जनाको नाममा

अखबार दैनिक
सोमबार, असार १८ २०८०
  • ३६ रोपनी १३ आना ‘श्री ५ को सरकार गुठी’ बाट आएको थियो राणा परिवारका ४ जनाको नाममा

    काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको ३६ रोपनी १३ आना १ पैसा जग्गा ‘श्री ५ को सरकार गुठी’ नामको श्रेस्ताबाट ४ जना व्यक्तिको नाममा आएको भेटिएको छ । २३ कित्ता जग्गा सुनीति राणा, हेमनशमशेर जबरा, हाटकशमशेर जबरा र शैलजा राणाको नाममा दर्ता गरेको भेटिएको अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरोका अधिकृतहरुले बताएका छन् ।

    images

    प्रहरीले ललिता निवास प्रकरणमा मुलुकी ऐन–२०२० को कीर्तेसम्बन्धी महलअनुसार ‘सरकारी लिखत किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ । ललिता निवास क्षेत्रको २८ रोपनी १५ आना जग्गा ‘श्री ५ को सरकार गुठी’ नामको श्रेस्ता खारेज भएर सुनीति राणा, हेमनशमशेर जबरा र हाटक शमशेर जबराको नाममा दर्ता गरेको भेटिएको छ । सो जग्गा १९ कित्तामा छ । ७ रोपनी १४ आना जग्गा शैलजा राणा, हेमनशमशेर जबरा र हाटकशमशेर जबराको नाममा दर्ता गरेको भेटिएको छ । सो जग्गा ४ वटा कित्तामा छ । अनुसन्धान अधिकृतहरुकाअनुसार कुल ३६ रोपनी १३ आना जग्गा २०४९ सालमा व्यक्तिको नाममा दर्ता भएको थियो ।

    २०४९ पुस २३ को मन्त्रिपरिषद्ले सुवर्ण शमशेरबाट जफत भएको जग्गा उनैलाई फिर्ता दिने निर्णय गरेपछि मालपोत कार्यालय डिल्लीबजार र नापी कार्यालयका कर्मचारीले मिलेमतो गरेर सो जग्गा फिर्ता दिएका हुन् । नापीकै बेलाको लगत–श्रेस्ता सुवर्ण शमशेरको नाममा कायम रहेको र सो जग्गा अधिग्रहण भएको तथा क्षतिपूर्ति पाएको कुरा जनाएको नदेखिएको हुनाले सो जग्गा व्यक्तिको नाममा दर्ता गरिएको तत्कालीन डिल्लीबजार मालपोतका प्रमुख कलाधर देउजाले बताएका छन् । ‘श्रेस्ता खारेज वा सरकारको नाममा गएको कुरा लगतमा उल्लेख नभएको हुनाले ती जग्गा सरकारी हो भन्ने देखिएन’ देउजाले प्रहरीसँगको बयानमा भनेका छन्–‘त्यसकारण मन्त्रिपरिषद्को निर्णय र विभागीय आदेशले हकवालको नाममा फिर्ता गर्ने निर्णय लिएँ ।’

    ४ जनाको नाममा जग्गा दर्ताको निर्णय गर्ने ६९ वर्षीय कलाधार देउजासहित ४ जना कर्मचारीको भूमिकाबारे व्यूरोले अनुसन्धान गरिरहेको छ । सुवर्ण शमशेरको हकवालाहरु भनिएका चारजनाको नाममा श्रेस्ता कायम गर्नमा मालपोत कार्यालय डिल्लीबजारका खरिदार युक्तबहादुर श्रेष्ठ, नासु जगतप्रसाद पुडासैनी र अधिकृत सुरेन्द्र कपाली संलग्न देखिएका छन् । उनीहरुले सो जग्गा व्यक्तिको नाममा श्रेस्ता कायम गर्ने टिप्पणी उठाएर सिफारिस गरेको कलाधार देउजाले दाबी गरेका छन् ।

    फायल सदर गरेबापत देउजाले आफ्नी साली क्यानु थापाका पति इद्रबहादुरको नाममा ललिता निवासको जग्गा पास गराएका थिए । ‘घुस’ बापत इन्द्रबहादुरको नाममा जग्गा पास गराएको बारेमा देउजाले प्रहरीसँगको बयानमा भनेका छन्– ‘उहाँको नाममा कसरी जग्गा गयो मलाई थाहा छैन ।’ 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार