शुक्रबार, कात्तिक ३० गते २०८१

पाँचौं विश्वविद्यालय विमर्शमा बजेट इतिहासबारे छलफल

पाँचौं विश्वविद्यालय विमर्शमा बजेट इतिहासबारे छलफल

अखबार दैनिक
शुक्रबार, जेठ ४ २०८१
  • पाँचौं विश्वविद्यालय विमर्शमा बजेट इतिहासबारे छलफल

    ४ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले ‘विश्वविद्यालय विमर्श’को पाँचौं श्रृंखलामा नेपालको बजेट इतिहासबारे विमर्श गर्ने भएको छ । हरेक शुक्रबार विमर्श गरिरहेको स्ववियुले आज राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलसँग छलफल गर्न लागेको हो ।

    images

    बजेट ल्याउने तयारी भइरहेकाले अबको केही श्रृंखला यसमै केन्द्रित हुने स्ववियु अध्यक्ष श्यामराज ओझाले बताए । उनले छलफलको स्थान निर्माण गर्न र विद्यार्थीको लागि ज्ञानको दायरा फराकिलो बनाउन विमर्श सुरु गरिएको बताए ।

    9d6a25c5-b5aa-41b8-8d16-5ec68d3aebef.jpg

    उनले भने, ‘विज्ञलाई ज्ञान बाँड्न, रुचि भएकालाई गहिराइ बुझ्न र विद्यार्थीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा ज्ञानको दायरा फराकिलो बनाउनको लागि विमर्श सुरु गरिएको हो ।’ विमर्शबाट विश्वविद्यालयलाई आवश्यक सुझाव र कार्यान्वयनको लागि दबाबसमेत दिंदै आएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार