काठमाडौं । सत्ता र प्रतिपक्षी दलहरूबीचको विवादमा संसद् बन्धक बनेको छ । सहकारीमा भएको भनिएको ठगी प्रकरणलाई लिएर आन्दोलित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दलहरूबीच सहमति नहुँदा शुक्रबा बस्दै नबसी संसद् बैठक स्थगित भएको हो । बिहीबार सत्ता र प्रतिपक्षी सांसदहरूबीच घमासान भएपछि शुक्रबार बिहान ११ बजेसम्मलाई बैठक स्थगित भएको थियो ।
तर शुक्रबार बिहान ११ बजे पनि बस्न नसकेको बैठक २ बजेसम्मलाई धकेलिएको थियो । कांग्रेसले अवरोध गरिरहने अडान यथावत राखेपछि प्रतिनिधि सभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।