मंगलबार, कात्तिक ६ गते २०८१

फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’ सार्वजनिक

फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’ सार्वजनिक

अखबार दैनिक
शुक्रबार, जेठ ४ २०८१
  • फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’ सार्वजनिक

    जेठ ४ काठमाडौँ । असारको ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा अभिनेत्री पूजा शर्मा र नव–नायक कुन्साङ बोमजोमको अभिनय देख्न सकिन्छ ।

    images

    गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको सङ्गीत, प्रदीप प्रखर पोखरेलको शब्द छ ।रुपेश तामाङको निर्देशन रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रूपमा छन् । देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रूपमा छन् ।

    फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरि प्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ