शनिबार, असोज ५ गते २०८१

गौतमको उपन्यास ‘अद्वैत’लाई पद्मश्री साहित्य पुरस्कार

गौतमको उपन्यास ‘अद्वैत’लाई पद्मश्री साहित्य पुरस्कार

अखबार दैनिक
सोमबार, भदौ २४ २०८१
  • गौतमको उपन्यास ‘अद्वैत’लाई पद्मश्री साहित्य पुरस्कार

    काठमाडौँ । यस वर्षको पद्मश्री साहित्य पुरस्कार प्रा कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई अर्पण गरिने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८० सालमा प्रकाशित नेपाली साहित्यको उत्कृष्ट कृतिमध्येबाट अद्वैतलाई पुरस्कार अर्पण गर्ने निर्णय लिएको अध्यक्ष जीवा लामिछानेले जानकारी दिए । 

    images

    गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुन् । यसअघि प्रतिष्ठानलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरिएको थियो । त्यसमध्येबाट अद्वैतलाई पुरस्कृत गर्ने निर्णय भएको हो । 

    यस्तै नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहेका साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको पनि लामिछानेले जानकारी दिए ।  चामलिङ २४ बर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री थिए । 

    यस्तै समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गरेका त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदूत तथा नागरिक समाजका अभियन्ता प्रा डा केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार अर्पण गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशी जनही रु ३ लाख तथा सम्मान पत्र रहेको लामिछानेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार