शनिबार, असोज ५ गते २०८१

केदार श्रेष्ठलाई युवा वर्ष मोती पुरस्कार प्रदान

केदार श्रेष्ठलाई युवा वर्ष मोती पुरस्कार प्रदान

अखबार दैनिक
मंगलबार, भदौ १८ २०८१
  • केदार श्रेष्ठलाई युवा वर्ष मोती पुरस्कार प्रदान

    काठमाडौं । यस वर्षको युवा वर्ष मोती पुरस्कार बालसाहित्यकार तथा रंगकर्मी केदार श्रेष्ठलाई प्रदान गरिएको छ । सोमबार काठमाडौंमा आयोजित १५९औँ मोती जयन्तीका अवसरमा प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेलले पुरस्कृत व्यक्तित्वलाई ४० हजार रुपैयाँको थैलीसहित सम्मानपत्र प्रदान गरे । 

    images

    प्रा. रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्यांकन समितिको सिफारिसअनुसार उक्त पुरस्कार धादिङका श्रेष्ठलाई समर्पण गरिएको विज्ञप्तिमा जनाइएको छ । पुरस्कार ग्रहण गरेसँगै श्रेष्ठले नेपाली बालबालिका र बालसाहित्य पहिलो प्राथमिकतामा रहनुपर्ने बताए । 

    उक्त अवसरमा प्रा.डा. पोखरेल, कोषका सचिव डा. विष्णुबहादुर भण्डारी, साहित्यकार रमा शर्मालगायतले मोतीराम भट्टको साहित्यिक योगदान र युवा वर्ष मोती पुरस्कारको गरिमामाथि बोलेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार