शनिबार, असोज ५ गते २०८१

गठ्ठाघर दुर्घटना: ट्रक चालक कारागार चलान

गठ्ठाघर दुर्घटना: ट्रक चालक कारागार चलान

अखबार दैनिक
बुधबार, भदौ २६ २०८१
  • गठ्ठाघर दुर्घटना: ट्रक चालक कारागार चलान

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् । ना६ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ घर भएका मलङ सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

    images

    अदालतको आदेशपछि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले बताए । २४ भदौमा भक्तपुर जिल्ला अदालतका न्यायाधीश विद्यानाथ भट्टराईको इजलासले श्रेष्ठलाई कारागार चलानको आदेश दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार