बिहीबार , असोज ३ गते २०८१

सिड्नीमा नेपाली रेष्टुरेन्ट चलाएका राजमान थकालीको निधन

सिड्नीमा नेपाली रेष्टुरेन्ट चलाएका राजमान थकालीको निधन

अखबार दैनिक
बुधबार, भदौ २६ २०८१
  • सिड्नीमा नेपाली रेष्टुरेन्ट चलाएका राजमान थकालीको निधन

    अष्ट्रेलियाको सिड्नीमा रहेको मुग्लान नेपाली रेष्टुरेन्टका सञ्चालक राजमान थकालीको निधन भएको छ । शनिबार राति उनको निधन भएको र लामो समयदेखि उनी फोक्सोको समस्याले ग्रस्त रहेको बताइएको छ । थकालीको निधनको खबरले अष्ट्रेलियाको नेपाली समूदाय स्तब्ध बनेको छ । व्यवसायमा सफलता हासिल गरेका, नेपाली व्यवसायीबीच विभिन्न क्षेत्रमा हात हालेका उनको असामयिक निधनले नेपाली समुदायका नागरिकले दुःख व्यक्त गरेका छन् ।

    images

    न्यूसाउथ वेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सञ्जीव शर्माले खबर अत्यारिलो भएको बताउँदै एउटा असल मित्र गुमाएको प्रतिक्रिया दिएका छन् । उनले थकालीको आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गरेको बताएका छन् ।

    सहारा फुटबल क्लबको समेत स्थापना गरेका थकाली नेपालमा पोखराका स्थायी बासिन्दा हुन् । अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाएपछि विभिन्न पेशा र व्यवसायमा हात हालेका उनले अन्ततः मुग्लान रेष्टुरेन्टमा थकाली स्वाद पस्केपछि सफलताको सिढी चढेका थिए ।

    पछिल्लो समय सिड्नीको सिटीमा रहेको थकाली रेष्टुरेन्ट बन्द भएको थियो भने सोही नाममा बरउड, न्यूटाउन, रकडेलमा सञ्चालित थियो । हालै सिटीमा समेत अर्को ठाउँमा मुग्लान सञ्चालन गरिएको थियो । थकाली हिम अस ग्रुप, एडुभेन्चर अष्ट्रेलिया, गल्ली गल्ली रेष्टुरेन्ट, मुगलान रेष्टुरेन्ट, मलबरी कलेजमा निर्देशक, रकडेलमा मुगलान ग्रोसरी समेत खेलिएको थियो ।

    मुग्लान रेष्टुरेन्टको नेपालमा पोखरा र भक्तपुरमा शाखा सञ्चालित छन् । ५० वर्षीय राजमानका श्रीमती र २ जना छोराहरु छन् । उनको नेपालमा पोखरा, नागढुंगामा घर छ । उनको पुर्ख्यौली घर हिमालपारिको जिल्ला मुस्ताङ हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ