शुक्रबार, असोज ४ गते २०८१

कार्तिक ८ गतेदेखि जाउलाखेलमा फूल मेला आयोजना हुने

कार्तिक ८ गतेदेखि जाउलाखेलमा फूल मेला आयोजना हुने

अखबार दैनिक
शुक्रबार, असोज ४ २०८१
  • कार्तिक ८ गतेदेखि जाउलाखेलमा फूल मेला आयोजना हुने

    काठमाडौँ । ललितपुरको जाउलाखेल मैदानमा आगामी कार्तिक ८ देखि ११ गतेसम्म फूल मेला लाग्ने भएको छ ।  फ्लोरिकल्चर एसोसिएसन नेपालले १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको हो । मेलामा स्टल राख्न बुकिङका लागि असोज ६ गतेदेखि कार्तिक ७ गतेसम्म खुल्ला गरिने छ । 

    images

    यस्तै, फ्यान सदस्यहरूको लागि प्रति स्टल शुल्क २० हजार कायम गरिएको छ । यस्तै, गैर सदस्यहरूको लागि प्रति स्टल शुल्क  ३० हजार रहेको छ ।  सो मेलामा विभिन्न प्रकारका फूल तथा फूलका सामाग्रीहरू प्रदर्शन तथा बिक्री गरिने छ ।

    साथै गोदावरी फूलको कट फ्लावर विधातर्फ समेत प्रतियोगिता गराइने छ । गोदावरी फूलको कट फ्लावर विधातर्फ गुणस्तरीय प्रतिस्पर्धाको आधारमा उत्कृष्ट हुने फार्मलाई पुरस्कृत गरिने बताएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ