आइतबार, कात्तिक २५ गते २०८१

काठमाडौंमा ऐतिहासिक दोस्रो डम्फू साँझ हुदैँ

काठमाडौंमा ऐतिहासिक दोस्रो डम्फू साँझ हुदैँ

अखबार दैनिक
आइतबार, भदौ २३ २०८१
  • काठमाडौंमा ऐतिहासिक दोस्रो डम्फू साँझ हुदैँ

    काठमाडौं । काठमाडौंमा ऐतिहासिक दोस्रो डम्फू साँझ २०८१ कार्यक्रम हुने भएको छ । “ह्याङ्ला डम्फू ह्याङ्लान शान, चुनोन ह्याङ्ला पहिचान” भन्ने मुल नाराका साथ मौलिक संस्कृति प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको हो । 

    images

    काठमाडौंको दरबारमार्ग स्थित लिक्विड लाउन्ज एन्ड बारमा पत्रकार सम्मेलन गर्दै चर्चित गायक तथा संगीतकार विश्व दोङले कार्यक्रमबारे जानकारी दिंदै कार्यक्रमको अवधाराणा पत्र समेत सार्बजनिक गरेका हुन् ।डम्फू साँझ प्राइभेट लिमिटेडको आयोजनामा असोज २१ गते शनिबार सांझ ५ बजेबाट काठमाडौंको दरबारमार्ग स्थित लिक्विड लाउन्ज एण्ड बारमा कार्यक्रम सुरु हुनेछ ।

    पहिलो पटक २०७५ सालमा डम्फू साँझ कार्यक्रम गरेपनि कोभिड यता केही प्राविधिक कारणले कार्यक्रम गर्न नसकिरहेको अवस्थामा पुनः दोस्रो पटक डम्फू साँझ कार्यक्रम गर्ने तयारीमा आयोजक जुटिरहेका छन् ।

    कार्यक्रममा चर्चित गायक विश्व दोङ र उनको ब्याण्ड “ ल्हास्सो न्युजिकल ब्याण्ड” को विशेष लाईभ प्रस्तुति रहनेछ । कार्यक्रममा गायक विश्व दोङले ऐतिहासिक गाथा बोकेका मौलिक गीतहरुका साथमा पुराना तथा नयां चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । टुङ्ना र डम्फु सहितको समिश्रण रहेको ल्हास्सो म्युजिकल ब्याण्डको साथमा चर्चित गायिका सुमिना लो र सुनिता गोलेको पनि विशेष प्रस्तुती रहने भएको छ ।

    उक्त कार्यक्रम बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा सुरु हुने पत्रकार सम्मेलन मार्फत गायक विश्व दोङले जानकारी गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार