बुधबार, वैशाख १९ गते २०८१

गीतकार अम्बिका गुरुङले ल्याइन् एकसाथ दुई गीति संग्रह

गीतकार अम्बिका गुरुङले ल्याइन् एकसाथ दुई गीति संग्रह

अखबार दैनिक
शुक्रबार, कात्तिक २४ २०८०
  • गीतकार अम्बिका गुरुङले ल्याइन् एकसाथ दुई गीति संग्रह

    काठमाडौं। गीतकार अम्बिका गुरुङले शंकर थापा ‘स्माइल’को एकल संगीतमा दुई गीत एल्बम सार्वजनिक गरेकी छन् । काठमाडौंमा बिहीबार आयोजित समारोहमा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्यबहादुर मगर, गीतकार संघ, नेपालका अध्यक्ष बसन्त वित्यासी थापालगायतले गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’को विमोचन गरे ।

    images

    दुवै एल्बमका सम्पूर्ण गीतमा गुरुङको शब्द र थापाको संगीत समावेश छ । विमोचन समारोहमा बोल्दै वरिष्ठ संगीतका बास्कोटाले अम्बिका गुरुङ त्यागी गीतकार रहेको र उनका शब्दले नेपाली संगीतलाई निरन्तर सिञ्चित गरिरहेको बताए । संगीतका नेपाली गीतसंगीतको अहिलेको ‘स्टार’ संगीतकार रहेको भन्दै बास्कोटाले प्रशंसा गरे ।

    एल्बम ‘भाव’मा यो मनले भन्छ, आँखा खोल्दा, सँग सँगै, आँखा नलागोस्, मात्तिएको बेला, अजम्बरी पिरती, रुपको बयान, छड्के नजर, मायाको छु भोको र धेरै भाउ नखोज गरी १० वटा गीत समावेश छन् । ‘अनुपम यात्रा’मा देखिन तिमी जस्तो कोही, सदियौंदेखि, तिमीसँगै, भुल्न सकिनँ, कारण तिमी, तिमी टाढा, गुराँसैको फूल फुल्दा, बुझाउँ कसरी र कारण तिमी (फिमेल भर्सन) गरी ९ वटा गीत राखिएको छ । दुवै एल्बमलाई भावसागर इन्टरटेनमेन्ट एलएलसीले उत्पादन तथा बजार व्यवस्थापन गरेको हो ।

    कार्यक्रमा पाँचवटा गीतको भिडियोसमेत सार्वजनिक गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार