आइतबार, वैशाख २३ गते २०८१

नुरगंगा प्रतिभा पुरस्कार लोकगायक राजु परियारलाई

नुरगंगा प्रतिभा पुरस्कार लोकगायक राजु परियारलाई

अखबार दैनिक
बिहीबार , वैशाख १३ २०८१
  • नुरगंगा प्रतिभा पुरस्कार लोकगायक राजु परियारलाई

    काठमाडौं । नुरगंगा प्रतिभा पुरस्कार गुठीले एक लाख रुपैयाँ राशिको नुरगंगा राष्ट्रिय गायन पुरस्कार लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

    images

    गुठीका सदस्यसचिव यज्ञप्रसाद शर्मा पोखरेलका अनुसार गुठीले ३० हजार राशिको क्षेत्रीय साहित्य पुरस्कार पाल्पाका साहित्यकार रामबहादुर पहाडीलाई, २५ हजारको राष्ट्रिय नवप्रतिभा बाल साहित्य पुरस्कार मोरङका सोइना दाहाललाई र २० हजार राशिको क्षेत्रीय नवप्रतिभा गायन पुरस्कार अर्घाखाँचीका कुशल बेल्वासेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

    पुरस्कार आगामी जेठ ११ गते प्रदान गरिने पोखरेलले बताए । विगत ३० वर्षदेखि कला साहित्य संस्कृतिका क्षेत्रमा सक्रिय सर्जकहरूलाई गुठीले पुरस्कृत गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार