मंगलबार, जेठ ८ गते २०८१

लोक गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरि धन’ चर्चामा

लोक गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरि धन’ चर्चामा

अखबार दैनिक
बुधबार, वैशाख १९ २०८१
  • लोक गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरि धन’ चर्चामा

    बैंक भरि धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त
    लखर लखर हिँडेकै आनन्द, मलाई बरु भोकै हिँडेको आनन्द

    images

    माथिका शब्द लोकप्रिय गायक विमलराज क्षेत्रीका नयाँ गीत ‘बैक भरि धन’ को हो । केही दिन अगाडि सार्वजनिक दिनको चर्चामा दिन प्रतिदिन चुलिँदो छ ।

    यर्थाथ परक गीतले आफूलाई गम्भीर र सोचनीय बनाएको भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरिरहेका छन् । कतिपयले गीतलाई जीवन जिउन सिकाउने कला भन्दै तारिफ समेत गरेका छन् । लोक शैलीमा तयार गीतमा शब्द, संगीत स्वर विमलराज क्षेत्रीकै छ । गीतको एरेन्ज लच्क्षु प्रकाश मल्लले गरेका हुन् ।

    गीतको भिडियोमा गायक क्षेत्रीकोको अलवा लेखराज आचार्यको पनि अभिनय छ । कुमार केसीको निर्देशन रहेको भिडियोमा मुकेश हुमागाइको छायाङ्कन र मीन रावलको सम्पादन छ ।

    गीतले मन परेको खान पाइने, जाहँनी जान पाइने, रोग व्यथा नभएसी दबाइ नि नचाहिने, धन पैसा नभए नि दैव दाइना भएको आनन्द सबैभन्दा ठुलो खुसी भएको भनेको छ । गीत मार्फत गायकले धनको तिर्खा कहिल्यै नमेटिन र वास्तविक सुख धन नहुँदा हुने बुझाउन खाेजेका छन् ।

    विमलराज क्षेत्रीले ‘जापान टोकियो मैले चिठ्ठी पठाएकै थिएँ, कता रोकियो’, ‘मधु वनैमा’, ‘सुपारी चाम्रो म के राम्रो छु र खै मायाको हेराइ हो राम्रो’, ‘बुट्टे रुमाल’, ‘आँठी स्वयम्बरको’ लगायत करिब ६ सयभन्दा बढी लोकदोहोरी गीत साङ्गीतिक क्षेत्रमा दिएका छन् । जसमध्ये अधिकांश हिट ठहरिएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार