बुधबार, वैशाख १९ गते २०८१

कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन

कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन

अखबार दैनिक
मंगलबार, चैत ६ २०८०
  • कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन

    काठमाडौं । वरिष्ठ कथाकार परशु प्रधानको निधन भएको छ । गएराति काठमाडौं बानेश्वरस्थित निवासमा ८० वर्षको उमेरमा उनको निधन भएको हो । 

    images

    कथाकार प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए ।

    प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ मा सबै बिर्सिएका अनुहारहरू प्रकाशित गरेका उनका १३ कथासंग्रह प्रकाशित छन् । बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथासंग्रह हुन् ।

    सीताहरू र घर कथोपन्यास पनि प्रकाशित छन् । उनका एक दर्जन जति बालकथा पनि प्रकाशित छन्। नानीको कथा, सुनको छाती, रीताको स्कूल लगायतका बालकथासंग्रह प्रकाशित छन् । प्रारम्भमा परशु प्रधान र भूमिकै भूमिकामा परशु प्रधान भन्ने भूमिका संग्रह पनि प्रकाशित छन् ।

    त्यसैगरी भोजपुर : एक अध्ययन, सजिलो नागरिक शास्त्र, सगरमाथा अञ्चलको भूगोल, सामान्य ज्ञान डाइजेस्ट ९२९ संस्करणसम्म प्रकाशित छन् । प्रधानलाई नेपाल साहित्य संस्थान पुरस्कारसहित दुई दर्जन पुरस्कारबाट सम्मान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार