मंगलबार, जेठ ८ गते २०८१

श्रमिक दिवसको दिन ललितपुरको हरिसिद्धिमा गहुँ काट्न पुगे  विप्लव

श्रमिक दिवसको दिन ललितपुरको हरिसिद्धिमा गहुँ काट्न पुगे  विप्लव

अखबार दैनिक
बुधबार, वैशाख १९ २०८१
  • श्रमिक दिवसको दिन ललितपुरको हरिसिद्धिमा गहुँ काट्न पुगे  विप्लव

    काठमाडौँ । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द  विप्लव ललितपुरस्थित हरिसिद्धिमा पार्टीले  सञ्चालन गरिरहेको कृषि केन्द्रमा लगाइएको गहुँ काट्न पुगेका छन् । 

    images

     केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले श्रमिक दिवसको अवसरमा नेता कार्यकर्ता सँगै महासचिवले गहुँ काटेर श्रमिक दिवसको शुभकामना दिएको जानकारी दिए । सो क्रममा विप्लवले विश्वमा श्रमिकहरूको महत्त्व बढ्दै गएको भन्दै श्रमिक र पुँजीपति वर्गबिचको खाडल साँघुरो बनाउँदै लैजानुपर्ने बताए ।

    विप्लवले पुँजीवादी वर्गले विश्व राजनीतिमा दादागिरी र हतियार प्रदर्शन गरिरहेको बताउँदै त्यसको प्रतिरोध श्रमिक वर्गले गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ