मंगलबार, जेठ ८ गते २०८१

पशुपतिनाथको जलहरी प्रकरणमा तीन जनालाई सफाइ

पशुपतिनाथको जलहरी प्रकरणमा तीन जनालाई सफाइ

अखबार दैनिक
बुधबार, वैशाख १९ २०८१
  • पशुपतिनाथको जलहरी प्रकरणमा तीन जनालाई सफाइ

    विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ।

    images

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार कोषका सदस्य सचिव डा थापासहित कोषको तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल र कोषको स्टोर किपर अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा गत असोज १४ गते तीन जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै एक करोड १७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो।

    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार