शनिबार, मंसिर १५ गते २०८१

माधवसँगको भेटपछि शीर्ष नेतासँगको छलफलमा देउवा

माधवसँगको भेटपछि शीर्ष नेतासँगको छलफलमा देउवा

अखबार दैनिक
बिहीबार , वैशाख ६ २०८१
  • माधवसँगको भेटपछि शीर्ष नेतासँगको छलफलमा देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासँग छलफल थालेका छन् । बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका देउवाले बिहीबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा शीर्ष नेतासँग छलफल थालेको हुन् । 

    images

    सभापति देउवाका स्वकीय सचिव भानु देउवाले गण्डकी प्रदेश शीर्ष नेताहरूबिच छलफल भइरहेको बताए । बुढानीलकण्ठमा कांग्रेसका शीर्ष नेतासँगको छलफल कानुनविद् पनि सहभागी छन् ।

    प्रदेश प्रमुख  डिल्लीराज भट्टले वैशाख ७का लागि प्रदेशसभा बैठक आह्वान गरेकोमा कांग्रेसले आपत्ति जनाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख १० मा विश्वासको मत लिने तयारी छ । 

    मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट परेका बेला विश्वासको मत लिने तयारी थालेपछि नयाँ रणनीति बनाउन देउवाले शीर्ष नेतासँग थालेको भानुको भनाइ छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा कांग्रेसको सहयोग मागेकोबारे पनि छलफल भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार