शुक्रबार, जेठ ४ गते २०८१

सम्भव नेपालद्वारा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री वितरण

सम्भव नेपालद्वारा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री वितरण

मंगलबार, वैशाख १८ २०८१
  • सम्भव नेपालद्वारा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री वितरण

    गोरखा नगरपालिका–१२ मा रहेको तारा नगर स्वास्थ्य चौकी र गण्डकी गाउँपालिका स्थीत घ्यालचोक स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । सम्भव नेपालले एक्स–रे मेसिन, आइ.एल.आर मेसिन (भ्याक्सिन राख्न प्रयोग गरिने रेफ्रिजेरेटर), भिडियो एक्स–रे मेसिन, बायो केमेस्ट्री एनलाईजर लगायत ल्यावका सामग्री वितरण गरेको हो ।

    images

    साथमा स्वास्थ्य संस्थालाई आवश्यक पर्ने अन्य स्वास्थ्य सामग्री समेत वितरण गरिएको सम्भव नेपालका कार्यक्रम संयोजक उत्तम अधिकारीले बताए । शनिवार एक कार्यक्रमका बीच अधिकारीले उक्त सामग्री गोरखा नगरपालिकाका मेयर कृष्ण रानालाई हस्तान्तरण गरेका हुन् । र आईतवार एक कार्यक्रमका बीच अधिकारीले उक्त सामग्री गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सीना ‘साकार’लाई हस्तान्तरण गरेका हुन् 

    आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र र धार्चे गाउँपालिकालाई पनि स्वास्थ्य सामग्री वितरण गर्ने तयारी रहेको संम्भव नेपालका अध्यक्ष प्रेम खत्रीले बताए । बिभिन्न स्वास्थ्य संस्थामा गरी कुल एक करोड २५ लाख बराबरको समग्री वितरण गर्ने योजना रहेको उनले जानकारी दिए । जनसंख्याको चापको आधारमा सम्बन्धित पालिकाहरुसँग समन्वय गरेर स्वास्थ्य संस्थाहरु छनोट गरी सामगाी वितरण गरिएको उनको भनाइ छ ।

    ‘गाउँका जनताले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्य हो,’ उनले भने, ‘हाम्रो यो सहयोगले स्वास्थ्य संस्थालाई मिनी अस्पतालको रुपमा विस्तार गराउन सहयोग पुग्छ भन्ने अपेक्षा गरेका छौं ।’ वडा नं. १२ का वडाध्यक्ष डिलबहादुर थापाको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख मसलीमाया थोकर, गण्डकी गाँउपालिकाकी उपाध्यक्ष ललिता अधिकारी, सम्भव नेपालका कर्मचारी तथा पदाधिकारी लगायत अन्य सरोकारवालाहरुकोे सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ