मंगलबार, जेठ ८ गते २०८१

चिजकुमारको पुस्तक 'यात्रा आफैँ भित्र' सार्वजनिक

चिजकुमारको पुस्तक 'यात्रा आफैँ भित्र' सार्वजनिक

अखबार दैनिक
आइतबार, असार ३१ २०८०
  • चिजकुमारको पुस्तक 'यात्रा आफैँ भित्र' सार्वजनिक

    काठमाडौँ । चिज कुमार श्रेष्ठको पुस्तक 'यात्रा आफैँ भित्र' सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डमा एक कार्यक्रम गर्दै प्रमुख अतिथि काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँगै अन्य अतिथिको हातबाट पुस्तक विमोचन गरिएको थियो । पुस्तकको साथमा उनका दुई राष्ट्रिय गीत 'राष्ट्र देवो भव' र 'वीर गोर्खली अमर छ' समेत सार्वजनिक गरिएको थियो । 

    images

    प्रमुख अतिथि शर्माले चिजकुमारलाई काङ्ग्रेस नेता तथा साहित्यकार बिपी कोइरालासँग दाँजे । कोइरालाका अनुयायी श्रेष्ठले पनि राजनीतिसँगै साहित्यमा कदम चालेकोमा उनको प्रशंसा गरे । 

    साहित्यकार नवराज लम्सालले चिजकुमारसँग जोडिएको उनको व्यक्तिगत जीवनको तितोपनाको चर्चा गरे । पटक पटक रेडियो नेपालमा नाम निकाल्दा पनि अन्तर्वार्तामा फालिनुको पीडामाथि चिजकुमारको व्यक्ति भएर २२ वर्ष पछि समेत 'त्यो चिजको मान्छे हो, उसलाई नदिनु' भनेर एक संस्थाको उम्मेदवारी नै फिर्ता गर्नु परेको अवस्था सम्झिए । यो यादसँगै उनले चिज स्वयमले राजनीतिमा कति दुख भोग्नु पर्‍यो विभेद भोग्नु पर्‍यो भन्दै अनुमान लगाउन आग्रह गरे । 

    अन्य वक्ताले श्रेष्ठसँगको राजनैतिक यात्रा र पुराना स्मृति सम्झिए । श्रेष्ठले 'यात्रा' सिनेमा समेत निर्माण गरेका छन् । लामो राजनीतिक यात्रासँगै उनले यस अघि नै राष्ट्रिय गीत,'त्यही सच्चा नेपाली' सार्वजनिक गरेका थिए । आफ्ना अनुभवलाई पुस्तकको रूप दिँदै उनले साहित्य यात्राको फड्को मारेका हुन् ।

    afai-bhitra2_ubId4mTO1M.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार