शनिबार, असोज ५ गते २०८१

सेपाकताक्रो विश्वकपमा भाग लिने नेपाली टोलीको बिदाइ

सेपाकताक्रो विश्वकपमा भाग लिने नेपाली टोलीको बिदाइ

अखबार दैनिक
बिहीबार , जेठ ३ २०८१
  • सेपाकताक्रो विश्वकपमा भाग लिने नेपाली टोलीको बिदाइ

    जेठ ३ काठमाडौँ । नेपाली टोलीले मलेसियाको क्वालालम्पुरमा आयोजना हुने सेपाकताक्रो विश्वकपमा सहभागिता जनाउने भएको छ । विश्वकपमा सहभागी हुने नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार बिदाइ गरे । 

    images

    मन्त्री श्रेष्ठले नेपाली टोलीलाई विश्वकपमा उच्च मनोबलसहित उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए । रोशन तामाङको कप्तानीमा रहेको नेपाली टोलीमा दीपेशजंग थापा, उमेशबहादुर महतो, अनिल जर्घामगर, विजय महतो र पदमबहादुर थाडामगर रहेका छन् । 

    नेपाली टोलीको प्रशिक्षकमा श्यामबहादुर श्रेष्ठ, व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ र अन्तर्राष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के रहेका छन् । शनिवारदेखि सुरू हुने विश्वकपमा २१ राष्ट्रको सहभागिता रहने बताइएको छ । नेपाल प्रतियोगिताको डिभिजन ‘एक’ मा रहेको छ । नेपालको समूहमा नौवटा राष्ट्रबिच प्रतिस्पर्धा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार