शुक्रबार, मंसिर १४ गते २०८१

कानुनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउन पर्छ : सांसद बद्री पाण्डे

कानुनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउन पर्छ : सांसद बद्री पाण्डे

अखबार दैनिक
मंगलबार, जेठ ८ २०८१
  • कानुनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउन पर्छ : सांसद बद्री पाण्डे

    प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएकोबारे कुरा उठेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सह-महामन्त्री तथा सांसद बद्री पाण्डेले सिरोहियाविरुद्धको पक्राउ पुर्जीबारे कुरा उठाएका हुन् ।

    images

    उनले राज्यका हरेक नागरिकलाई कानुनी दायरामा ल्याउन पाइने भए पनि आग्रह-पूर्वाग्रह राखेर कसैमाथि कारबाही गर्न नपाइने बताए ।

    ‘कानुनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउन पर्छ । तर, आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन। कसैलाई पनि सहन चाँहदैनौँ,’ पाण्डेले भने । सिरोहियाविरुद्ध मंगलबार मात्रै धनुषा जिल्ला अदालतले दोहोरो नागरिकता प्रकरणमा पक्राउका लागि प्रहरीलाई अनुमति दिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार