शनिबार, असोज ५ गते २०८१

आज  पनि नेप्से २३.९४ अंकले बढेको

आज  पनि नेप्से २३.९४ अंकले बढेको

अखबार दैनिक
मंगलबार, जेठ ८ २०८१
  • आज  पनि नेप्से २३.९४ अंकले बढेको

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर बुल ट्रेन्डमा रहेको छ । आज मंगलबार पनि नेप्से २३.९४ अंकले बढेको छ । आज नेप्से १.१४ प्रतिशतले बढेर २११५.९४ विन्दु कायम भएको छ ।

    images

    कारोबारको आधारमा पनि नेप्सेमा उत्साह छाएको छ । सोमबार करिब ६ अर्बको कारोबार भएकोमा आज पनि ५ अर्ब बढीको कारोबार भयो । आज बजार बन्द हुँदा ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको १ अर्ब ३२ लाख ४१ हजार २१७ कित्ता शेयर ७३ हजार ६६७ पटक किनबेच भयो ।

    मंगलबार ३१७ वटा कम्पनीको शेयर कारोबार हुँदा १९४ कम्पनीको शेयर मूल्य बढको छ भने ४३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

    आज सेन्सेटिभ इन्डेक्स ३.५३ अंकले, फ्लोट इन्डेक्स १.७८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४० अंकले बढेको छ । आज उपसमूहमा पनि उछाल आएको छ ।

    मंगलबारको कारोबारमा फाइनान्स र लघुवित्तमा लगानीकर्ताको आकर्षण देखिएको थियो । १३ समूहमा विकास बैंक र ट्रेडिङ समूहको शेयर मूल्य घटेको छ भने अन्य ११ वटा समूहको शेयर मूल्य बढेको छ । आज ५ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार