मंगलबार, जेठ ८ गते २०८१

युवाहरूको कथा 'लेट्स अभिनय गरौँ'

युवाहरूको कथा 'लेट्स अभिनय गरौँ'

अखबार दैनिक
बुधबार, असार २० २०८०
  • युवाहरूको कथा 'लेट्स अभिनय गरौँ'

    काठमाडाैँ । कौसी थिएटरमा अहिले युवापुस्ताको कथा र बेथामा बनेको नाटक मञ्चन भइरहेको छ । एक हुल युवा युवतीहरू आफ्नो जीवनीको फ्रस्टेसन, नाच र सङ्गीत मार्फत दर्शकको मन जितिरहेका छन् । 

    images

    नाटक सुरु हुन्छ एक हुल युवाको देशमा के गर्ने भन्ने योजनाबाट । उनीहरूको पीडा फ्रस्टेसन र बेरोजगारीसँग जोडिन्छ । सबैको आफ्नो आफ्नो सोच,  आफ्नो आफ्नो बाटो हुन्छ तर कोही कतै सफल भएको देखिँदैन । 

    img_6504_fAOnHjzKCV.webp

    नाटक नाच र सङ्गीतले अझ सुनमा सुगन्ध दिएको छ । बिहान उठेर नित्य कर्म गरेर सबै आफ्नो आफ्नो गन्तव्यमा लागेको देखिन्छ । काठमाडौँ कै कथासँग जोडेर युवाको अवस्था दैनिकी र पीडा नाटकमा देखाइएको छ । कसैको दिन लाइनमा बित्छ, कसैको चुरोट खाएर त कसैको कुरा काटेर त कसैको जागिर खोज्दा खोज्दै दिन बित्छ । 

    img_6497_5JHSGcgftj.webp

    हो यस्तै कथाहरू जोडेर लेट्स अभिनय गरौँ सिर्जना भएको निर्देशक तथा रङ्गकर्मी सुदाम सिके बताउँछन् । कौसी थिएटरमा मञ्चन भएको यो नाटक असार ६ गतेदेखि १७ गतेसम्म देखाइने तय भए पनि  दर्शकको मागलाई लक्षित गरेर थप ६ वटा सो मञ्चन गरिने निर्देशक सुदाम सिके बताउँछन् । - नेपाल फोटो लाइब्रेरी

    img_6504_fAOnHjzKCV.webpimg_6416_9rPveltR6R.webpimg_6475_QYirTuoGaB.webpimg_6346_vYzy2KEQ9E.webpimg_6285_cZXa4jBrf5.webpimg_6271_XE3kDffICW.webpimg_6245_FrdjSfEkbP.webpimg_6177_ElfGyF59pW.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार