शनिबार, असोज ५ गते २०८१

काठमाडौंको थलीमा मृत भेटिएका व्यक्तिकी छोरी पक्राउ

काठमाडौंको थलीमा मृत भेटिएका व्यक्तिकी छोरी पक्राउ

अखबार दैनिक
मंगलबार, जेठ ८ २०८१
  • काठमाडौंको थलीमा मृत भेटिएका व्यक्तिकी छोरी पक्राउ

    ८ जेठ, काठमाडौं । काठमाडौंको थलीमा मृत फेला परेका व्यक्तिकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो ।

    images

    घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा भक्तपुर नगरपालिका-७, छालिङ ठेगाना भएका कृष्ण नगरकोटी आज बिहान थलीको उकालोमा मृत फेला परेका थिए । कृष्ण ट्याक्सी चालक भएको खुलेको छ ।

    नगरकोटीका छोरा भने काठमाडौंको फर्पिङमा घाइते अवस्थामा फेला परेका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले टेकुमा ल्याएको छ । घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार