मंगलबार, जेठ ८ गते २०८१

एकान्त झाडीमा डुङ्गा चिया घर अर्थात् ‘झाडी आर्ट’

एकान्त झाडीमा डुङ्गा चिया घर अर्थात् ‘झाडी आर्ट’

अखबार दैनिक
आइतबार, असार १० २०८०
  • एकान्त झाडीमा डुङ्गा चिया घर अर्थात् ‘झाडी आर्ट’

    थोत्रो डुङ्गा अस्तव्यस्त रूपमा त्यसै फालिएजस्तो देखिन्थ्यो, तर यसमाथि चढ्न र बस्न भने सकिन्थ्यो । त्यो डुङ्गाभित्र एउटा सानो टि–टेबल राखिएको थियो । दुवैतिर बस्न मिल्ने किसिमका स–साना मुढा र कलाका केही पुस्तक राखिएका थिए । नजिकै अस्थायी चियापसल खोलिएको थियो । 

    images

    सानो चिया पसलमा चाहिने सबै सामग्री थिए । त्यहाँ चिया बेचेर पैसा कमाउने बहिनी पनि कलाको सहपात्र थिइन् । कुनै बेला भावक त्यहाँ पुग्दानपुग्दै, चिया भन्दानभन्दै उनले चिया पकाएर ल्याइसकेकी हुन्थिन् । उनको भूमिका यही थियो । 

    img_20230606_133351_yfXthd0YzL.jpg

    भावक मुढामाथि बसेर किताब पढ्दै चिया पिउन सक्थे । भावकलाई यथार्थ, स्वाभाविक र नैसर्गिक क्रियाकलापमा आबद्ध भइरहूँ लाग्न सक्थ्यो । भावकले जे गर्थे, त्यो क्रियाकलाप किमार्थ नाटक थिएन, तथापि अर्को भावकले हेर्दा पहिलो भावक आफैँ कलाको एक भाग बनिरहेका हुन्थे । पहिलो भावक आफैँ कला सिर्जनामा लीन भएझैँ लाग्थ्यो । जसलाई हामी पर्फर्मेन्स कला भन्छौँ । अर्को भावकले पहिलो भावकलाई पर्फर्मेन्स कला गरिरहेजस्तो देख्छ । 

    कलाकार रविन्द्र श्रेष्ठले यसपालि ‘इन्टर्‍याक्टिभ आर्ट इन्स्टलेसन’का रूपमा कला प्रदर्शनी गरे । जेठ १५–३० सम्म चलेको यस प्रदर्शनीको नाम थियो — ‘डुङ्गा चिया घर’ । 

    नितान्त शान्त वातावरणमा झाडीको बीचमा उनले यो कला प्रदर्शन गरेका थिए । यो के होला भनी आम भावकमा कुतूहल जाग्न सक्थ्यो । मूलतः यो रविन्द्र श्रेष्ठको अत्याधुनिक कलाको रूप हो । यस्ता कलालाई अनेकौँ नामले पुकार्ने चलन छ । विश्व कला बजारमा चिनाउनुपर्दा यसलाई इन्टर्‍याक्टिभ इन्स्टलेसन र पर्फर्मेन्स कलाको उपमा सुहाउँदो हुन्छ । सामान्य भाषामा यसलाई स्ट्रिट आर्ट भनिन्छ । अब बिस्तारै समय, अवस्था र कलाको प्रकृतिले गर्दा यसैको नाम पनि परिवर्तन हुन सक्ने देखिन्छ । यसैले यस्ता कलालाई यो स्ट्रिट नभएर झाडीमा भएकाले झाडी–आर्ट भने पनि भयो । 

    fb_img_1686978031608-(1)_t1iOEZDOEp.jpg

    नक्सालमा अवस्थित राणाकालीन महल (सीता भवन), जहाँ पहिले ललित कला संस्था (नाफा) रहेको थियो । तत्कालीन युवराज वीरेन्द्रको अध्यक्षतामा २०२२ सालमा खोलिएको यो सानो तर औपचारिक कला संस्था थियो, जसले नेपाली कलाको संस्थागत विकासमा टेवा पुर्‍यायो । 

    त्यो खुला चौर अनि घना जंगल आज चोक्टा चोक्टामा विभाजित भएको छ, यसैको सानो कुनामा साना–साना टहरा बनाएर आजको ललित कला प्रज्ञा प्रतिष्ठान बसेको छ । 
    औपचारिक प्रतियोगितात्मक रूपमा पहिलो राष्ट्रिय कला प्रदर्शनी यही महलमा आयोजना गरिएको थियो, २०२२ सालमा । त्यसैको निरन्तरता स्वरूप त्यस्तै स्वरूपका राष्ट्रिय कला प्रदर्शनी आज पनि यहाँ हुने गर्छन् । अचेल पुरस्कार बढेका छन्, कलाका विषय र क्षेत्र थपिँदै गएका छन्, तर कला प्रदर्शनीको मूल स्वरूपमा परिवर्तन भएको छैन । 

    नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको पहिलो कार्यकाल पनि यही महलभित्र बस्यो । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान गठन भएपछि पहिलोपल्ट राष्ट्रिय ललित कला प्रदर्शनी २०६८ आयोजना भयो । यस बखतसम्म यसको पश्चिमतर्फ विशाल खुला चौर र दक्षिणतर्फ ठुल्ठुला रुखले घेरिएको घना जंगल थियो । जान–आउन रमाइलो ठाउँ, शान्त वातावरणमा महलभित्रका ठुल्ठुला कलात्मक कक्षमा कला अवलोकन गर्नुको स्वादै अर्कै । 

    यसैभित्र वीरेन्द्र आधुनिक कला सङ्ग्रहालय पनि राखिएको थियो । ठूलो प्रदर्शन कक्षमा पचासौँ समसामयिक कलाकारका चित्र वा मूर्ति स्थायी रूपमै प्रदर्शित भइरहँदा भावकका लागि कला अवलोकन गर्ने गतिलो ठाउँ भएको थियो । आज यो वातावरण भद्रगोलमा भरिएको छ । 

    त्यो खुला चौर अनि घना जंगल आज चोक्टा चोक्टामा विभाजित भएको छ, यसैको सानो कुनामा साना–साना टहरा बनाएर आजको ललित कला प्रज्ञा प्रतिष्ठान बसेको छ । 

    fb_img_1686978221797-(1)_asPoMw7koz.jpg

    यहाँको दक्षिणपट्टिको घना जंगल हराएर अहिले उदासलाग्दो भएको छ, अहिले यहाँ साना–ठूला १०–१५ वटा रुख छन् । चारैतिरबाट अग्लो पर्खालले घेरिँदा यो अत्यासलाग्दो भएको छ । घेरिएको पर्खालबाहिर पनि रूख देखिन्छन् । जे–जस्तो भए पनि नाफा परिसरमा बचेखुचेको अलि खुला ठाउँ यही हो । यही ठाउँमा कलाकार रविन्द्रले कला प्रदर्शन गरेका हुन् । 

    सपालिको उनको काम ‘कन्सेपचुअल’ र ‘इस्यु बेस’मा आधारित होइन, सामाजिक र राजनीतिक सवाल यहाँ देखिँदैन ।

    नेपाली सामसामयिक कलाले सन् २००० को उत्तराद्र्धमा नयाँ मोड समात्यो । त्यसपछि नेपाली कला सीमाहिन भएर अनेकौँ स्वरूपमा देखापर्न थालेको छ । यसैको पराकाष्ठाको रूपमा रवीन्द्रले आफ्नो यो कलालाई पस्केका थिए ।

    fb_img_1686978278517_mZ1TI8uFor.jpg 

    विश्व कला बजारमा अहिले चल्दै आएको समसामयिक कलाको नवीनतम प्रवृत्तिको एकदमै नजिक रहेको यो रवीन्द्रको काम हरेक दृष्टिकोणबाट अब्बल छ । उनले यस्तायस्तै काम १३–१४ वटा गरिसकेका छन् भने थुप्रै अन्तर्राष्ट्रिय कला प्रदर्शनी, कला मेला (आर्ट फेस्टिभल) आदिमा भाग लिइसकेका छन् । 

    यसपालिको उनको काम ‘कन्सेपचुअल’ र ‘इस्यु बेस’मा आधारित होइन, सामाजिक र राजनीतिक सवाल यहाँ देखिँदैन । यस्तै उनलाई मन पोलेका सन्दर्भ, उनका दुखेसा, विरोधाभास आदि केही पनि यहाँ देखिँदैन । उनैले गरेका पहिलेका कलाभन्दा यो नितान्त फरक ढंगबाट आएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार