शनिबार, जेठ ५ गते २०८१

धनुषामा दम्पतीमाथि खुकुरी प्रहार

धनुषामा दम्पतीमाथि खुकुरी प्रहार

अखबार दैनिक
आइतबार, जेठ २८ २०८०
  • धनुषामा दम्पतीमाथि खुकुरी प्रहार

    २८  जेठ, जनकपुरधाम । धनुषामा एक दम्पतीमाथि खुकुरी प्रहार भएको छ । धनुषाको मिथिला विहारी नगरपालिका ६ सिरसिया बस्ने ३५ वर्षीय  दिनकर यादव र उनी  श्रीमती ३० वर्षीया ममता यादवमाथि खुकुरी प्रहार भएको हो ।

    images

    दुवैजना गम्भीर घाइते भएका छन् ।यादव दम्पतीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

    श्रीमान् दिनकरको घाँटी पछाडि काटिएको छ भने श्रीमती ममताको बायाँपट्टी काटिएको छ । शनिबार साँझ ७ बजे उनीहरू घरमै बसिरहेको बेला स्थानीय ६५ वर्षीय लट्टु यादवले अचानक खुकुरी प्रहार गरेका थिए ।

    स्थानीयका अनुसार खुकुरी प्रहार गर्ने लट्टुको मानसिक सन्तुलन ठीक छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार