शनिबार, जेठ ५ गते २०८१

धादिङमा घाँस काट्न गएका आमा–छोराको मृत्यु

धादिङमा घाँस काट्न गएका आमा–छोराको मृत्यु

अखबार दैनिक
मंगलबार, जेठ १६ २०८०
  • धादिङमा घाँस काट्न गएका आमा–छोराको मृत्यु

    काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा घाँस काट्न गएका आमा छोराको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ मा भिरबाट लडेर आमा छोराको मृत्यु भएको धादिङका एसपी गौतम मिश्रले  बताए ।

    images

    मृत्यु हुनेमा १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजन चेपाङ छन् । सोमबार साढे ५ बजे घाँस काट्ने क्रममा पिठ्युँमा बोकेको छोरासहित अप्सरा लडेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अप्सरा गर्भवती पनि थिइन् । आमा र बच्चाको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल धादिङमा ल्याएको एसपी मिश्रले बताए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार