शनिबार, जेठ ५ गते २०८१

रमाउँदै पढ्छन् बालबालिका

रमाउँदै पढ्छन् बालबालिका

अखबार दैनिक
मंगलबार, जेठ १६ २०८०
  • रमाउँदै पढ्छन् बालबालिका

    भाइबहिनीहरू हामी सबै विद्यालय जान्छौँ अनि पढ्छौँ तर हामी पढने कक्षाकोठा कस्तो हुनुपर्छ ? भन्नेबारे हामीले कहिल्यै ख्याल गरेका हुँदैनौँ । सानो उमेरका बालबालिकालाई पढ्नका लािग झन् धेरै अनुकूल वातावरण आवश्यक हुन्छ । साना साना बालबालिकालाई जस्तो सिकायो उस्तै सिक्ने हो । त्यसैले भाइबहिनीहरू हामीले जेठ अङ्कको मुनामा बालबालिकाको सिकाइमा अभिवृद्धि गर्न मङ्गला गाउँपालिकाले गरेको केही राम्रो र उदाहरणीय कामको चर्चा गर्ने छौँ है त । 

    images

    यहाँको पालिकाभित्रका ४० बालविकास केन्द्रमा स्मार्ट कक्षाकोठा कार्यक्रम लागू गरेको छ । स्मार्ट कक्षाकोठा लागू भएपछि बालबालिकाको सिकाइमा अभिवृद्धि भएको छ । 

    बालबालिकाको सिकाइमा शुद्धता र बालमैत्री तवरले सिकाइ वातावरण तयार पार्न गाउँपालिकाले अघिल्लो शैक्षिक सत्रदेखि बालविकास केन्द्रहरुमा स्मार्ट कक्षा कोठा कार्यक्रम लागू गरेको थियो । स्मार्ट कक्षा कोठाको व्यवस्था गरिएपछि बालबालिका पढाईप्रति आकर्षीत भएका छन् ।

    बालविकासमा भर्ना भएका तिन देखि चार वर्ष उमेर समुहका बालबालिकालाई सूचना प्रविधिको प्रयोग गरेर रमाईलो तवरले पढ्ने वातावरण सिर्जना गर्न गाउँपालिकाले अििघल्लो वर्ष देखि स्मार्ट कक्षा कोठा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको पालिकाले जनाएको छ । 

    पालिका भित्र रहेका  ४० वटा वालविकास केन्द्रहरुमा स्मार्ट कक्षा कोठा निर्माण गरिएको मंगला गाउँपालिकाका शिक्षा अधिकृत डेकबहादुर बानियाँले जानकारी दिनुभयो । स्मार्ट कक्षाकोठामा बालबालिकाले रुचिका साथ पढ्नुका साथै लामो समयसम्म कक्षाकोठामा बस्ने बानीको विकास भएको उहाँको भनाइ छ । 

    उहाँका अनुसार स्मार्ट कक्षाकोठामा ३२ इन्चको स्मार्ट टिभी, बोल्ने किताब र कलम र मोबाइल (रिमोट)लगायत कक्षाकोठा छ । स्मार्ट कक्षाकोठामा बालबालिका रमाइ रमाइ पढ्ने गरेका छन् । व्यवस्थापनका लागि पालिकाले अनुदानका रूपमा एकमुष्ठ  ८५ हजार रुपियाँ उपलब्ध गराउँछ । 

    “सूचना प्रविधिको प्रयोगमार्फत बालबालिकाले छिटो सिक्ने, अक्षर चिन्न सजिलो र सिकाइ दिगो हुने गर्छ ।” बोल्ने किताब र कलम हुन्छ । बालबालिकाले किताबको अक्षरमा कलमले छोएपछि अक्षर अनुसार कलम बोल्ने हुँदा बालबालिकाले रमाइलो मानेर पढ्ने गरेको शिक्षकशिक्षिकाको भनाइ छ । 

     स्मार्ट कक्षाकोठाका कारण बालबालिका नियमित रूपमा विद्यालयमा आउने र कक्षाकोठामा उपलब्ध सूचना प्रविधिका कारण बालबालिकालाई पढाउन निकै सजिलो भएको उहाँहरूको अनुभव छ । 

    पालिकाभित्र लागू गरिएको स्मार्ट कक्षा कार्यक्रम प्रभावकारी भएकाले आगमी आर्थिक वर्षमा थप बालविकास केन्द्रमा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्थापन र शिक्षिकाहरूलाई तालिम उपलब्ध गराउने योजना रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।    

    प्रतिक्रिया दिनुहोस

    थप समाचार