मंगलबार, जेठ ८ गते २०८१

पाटन सङ्ग्रहालयको प्रवर्धनमा सहकार्य गरिने

पाटन सङ्ग्रहालयको प्रवर्धनमा सहकार्य गरिने

अखबार दैनिक
बिहीबार , जेठ ४ २०८०
  • पाटन सङ्ग्रहालयको प्रवर्धनमा सहकार्य गरिने

    ललितपुर, जेठ ४ गते । ललितपुर महानगरपालिकाले मूर्त-अमूर्त ऐतिहासिक सम्पदाहरूको संरक्षण तथा प्रदर्शनीमा योगदान पु-याइरहेको पाटन सङ्ग्रहालयको प्रवर्धनमा सहकार्य गर्ने भएको छ । 

    images

    अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको सन्दर्भमा सङ्ग्रहालयद्वारा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई स्मार्ट सिटी बनाउने लक्ष्यमा ऐतिहासिक पाटन सङ्ग्रहालयलाई प्रविधिलगायत विविध किसिमले सम्पन्न बनाउन महानगरले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्वता व्यक्त गर्नुभएको छ । 

    उहाँले पाटन धातु, काठ, ढुङ्गाका मूर्ति बनाइने खुला सङ्ग्रहालयकै रूपमा रहेको बताउँदै त्यहाँ थुप्रै अन्य जातीय सङ्ग्रहालय पनि सञ्चालनमा रहेको बताउनुभयो । महानगर प्रमुख महर्जनले ति जातीय सङ्ग्रहालयमध्ये पनि ज्यापू सङ्ग्रहालयमा खचाखच गरी सामग्री राख्नुपर्ने बाध्यतालाई हटाउन महानगर सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो ।

    उहाँले ऐतिहासिक र जीवन्त सामग्रीको सुरक्षा र प्रवर्धनलाई दिगो बनाउन महानगर सधैँ तत्पर रहेको बताउनुभयो । इन्टरनेसनल काउन्सिल अफ म्युजियमले यस वर्ष अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको अवसरमा  ‘सङ्ग्रहालय, दिगोपन र कल्याण’ नारा तय गरेर मे १८ तारिखलाई विश्वभर सङ्ग्रहालय दिवस मनाउन आह्वान गरेको छ । पुरातìव विभागका महानिर्देशक एवं पाटन सङ्ग्रहालय विकास समितिका उपाध्यक्ष दामोदर गौतमले सङ्ग्रहालयको दिगो विकास तथा व्यवस्थापनका लागि  अन्तर्राष्ट्रिय मान्यता अनुसारको व्यवस्थापन र समुदायसँग सहकार्य जरुरी रहेको बताउनुभयो ।

    स्थानीय तहले आफ्नो स्थानमा रहेका सङ्ग्रहालयको दिगो व्यवस्थापनका लागि ध्यान दिनुपर्ने बताउँदै उहाँले यसमा राज्य, सम्पदाप्रेमीका साथै हरेक नागरिकको बराबर दायित्व रहने बताउनुभयो । कार्यक्रममा ज्यापू समाज यलका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनले सङ्ग्रहालयको  महत्त्वको बारेमा चर्चा गर्नुभयो । उहाँले पाटनमा मात्र ठुला साना गरी छ वटा सङ्ग्रहालय रहेको जानकारी दिँदै हाल ज्यापू, तामाङ, थारू, खसआर्य, गुरुङ जातिले प्रयोग गर्ने सामग्री, पोसाक, गरगहना राखेर सङ्ग्रहालय बनाउने प्रचलन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता सबै खाले सङ्ग्रहालय खोलिएपछि दिगोपन दिन राज्यको सहयोग आवश्यक पर्छ ।” 

    पाटन सङ्ग्रहालयका कार्यकारी निर्देशक सुरेश लाखेले पाटन सङ्ग्रहालयमा हाल तीन वटा भवनमा १७ औँ शताब्दीदेखिका ऐतिहासिक  महत्त्वका महìवपूर्ण सामग्री प्रदर्शनीमा रहेको जानकारी दिनुभयो । पाटन सङ्ग्रहालय, ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समिति र ज्यापू सङ्ग्रहालयको संयुक्त रूपमा आयोजित कार्यक्रममा विभिन्न ऐतिहासिक सामग्रीलाई प्रदर्शनीमा राखिएको छ । वि.सं. २०१९ मा राष्ट्रिय  धातुकला सङ्ग्रहालयका रूपमा सुरु भएको सो सङ्ग्रहालय सर्वसाधारणका लागि वि.सं. २०५४ असार १५ गतेदेखि खुला गरिएको हो । सङ्ग्रहालयमा ‘ए’ देखि ‘एच’सम्म का कक्षहरूमा १७ औँ शताब्दीका शिलालेख, धातु, काठका विभिन्न देव, देवीका मूर्ति, सुकुन्दाका  पन्ध्र सय वटा स्केच सङ्ग्रहित । त्यसमध्ये दुई सयभन्दा बढी पुरातात्त्विक महत्त्वका सामग्री छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार