शनिबार, जेठ ५ गते २०८१

जुवातास खेलिरहेको अवस्थामा काठमाडौँमा ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा काठमाडौँमा ११ जना पक्राउ

अखबार दैनिक
आइतबार, चैत २६ २०७९
  • जुवातास खेलिरहेको अवस्थामा काठमाडौँमा ११ जना पक्राउ

    काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-१ टुकुचा गैरिधारास्थित शान्ति श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका टुकुचा बस्ने ४४ वर्षीय दीपक मानन्धर समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

    images

    यसैगरी टोखा नगरपालिका-७ धपासीस्थित कविता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीया मच्चा गुरुङसमेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार रुपैयाँ  र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार