मंगलबार, जेठ ८ गते २०८१

युवा पत्रकार तथा साहित्यकार प्रकाश गुरागाईंको 'जङ्क्सन पीपलबोट'  बजारमा

युवा पत्रकार तथा साहित्यकार प्रकाश गुरागाईंको 'जङ्क्सन पीपलबोट'  बजारमा

अखबार दैनिक
बुधबार, पुस २० २०७९
  • युवा पत्रकार तथा साहित्यकार प्रकाश गुरागाईंको 'जङ्क्सन पीपलबोट'  बजारमा

    काठमाडौँ कुनै कालखण्डको जुद्ध सडक आजको न्युरोडमा रूपान्तरित हुँदासम्मका सामाजिक,आर्थिक,राजनीतिक र साहित्यिक आरोह-अवरोहको आद्योपान्त इतिवृत्त समेटिएको गैर-आख्यान 'जङ्क्सन पीपलबोट' प्रकाशित भएको छ । पुस्तकमा काठमाडौँको न्युरोडसँग जोडिएका पूर्वाधारदेखि सामाजिक,राजनीतिक, सांस्कृतिकदेखि साहित्यको केन्द्र कसरी न्युरोड बन्न पुग्यो भन्ने बेलीविस्तार समेटेको युवा पत्रकार तथा साहित्यकार प्रकाश गुरागाईंले बताएका छन् । ऊ बेलाको जुद्ध सडक आजको न्युरोड बन्दा यसले के कस्ता ऊहापोहको सामना गर्यो, यसैको साङ्गोपाङ्ग इतिहास नै 'जङ्क्सन पीपलबोट' भन्ने दाबी छ कृतिकार गुरागाईंको ।

    images

    यही सडकको सेरोफेरोमा सुरुआत भएका सामान्य चियापसल,पत्रिका पसलबाट आजका आधुनिक रेस्टुराँ, सञ्चारगृह र मलको विकास भएको इतिहास उल्लिखित छ पुस्तकमा । अरु त अरु राणाशासनविरूद्ध छेडिएको आन्दोलनको मूल केन्द्र पनि यही थियो । सरकारी गुप्तचरले गुप्तचरी गर्नेदेखि तिनका विरुद्ध प्रतिगुप्तचरी गर्ने थलो पनि यहीँ थियो । अनेक जीवित व्यक्तिका कथनसमेत समेटिएको पुस्तकलाई फिनिक्स बुक्सले बजारमा ल्याएको छ । ३१५ पृष्ठको पुस्तकको मूल्य ४५०/- रुपैयाँ तोकिएको प्रकाशकले जनाएका छन् । पुस्तकको औपचारिक सार्वजनिकीकरण नभए पनि बजारमा भने उपलब्ध भइसकेको प्रकाशकको भनाइ छ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार