बुधबार, वैशाख १९ गते २०८१

झापा विद्रोहको नालीबेली समेटिएको उपन्यास ‘२८ साल’ सार्वजनिक

झापा विद्रोहको नालीबेली समेटिएको उपन्यास ‘२८ साल’ सार्वजनिक

अखबार दैनिक
बिहीबार , माघ ११ २०८०
  • झापा विद्रोहको नालीबेली समेटिएको उपन्यास ‘२८ साल’ सार्वजनिक

    काठमाडौँ । ‘झापा विद्रोह’को स्मरणमा आधारित पुस्तक ‘२८ साल’ सार्वजनिक भएको छ । विमोचिततत्कालीन पञ्चायतकालको विरोध र प्रजातन्त्रको स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ‘झापा विद्रोह’को स्मरणमा आधारित लेखक कुमार भट्टराईकृत ‘२८ साल’ सार्वजनिक भएको हो ।

    images

    उक्त विद्रोहमा संलग्न नेता र पात्राहरूसँगको अनुभव समेटेर लेखिएको सो पुस्तकको ‘झापा विद्रोह’का एक साक्षी ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र लेखक भट्टराईले विमोचन गरेका छन् । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको सो पुस्तक झापा विद्रोहका ३५ जना पात्रलाई केन्द्रित गरेर औपन्यासिक शैलीमा लेखिएको छ ।

    यस्तै, विसं २०२७ चैतमा ‘पूर्वकोशी प्रान्तीय कमिटी’बाट झापाली युवाहरुले विद्रोह गरेर ‘कोअर्डिनेसन केन्द्र’को गठन गरेपछि जमिन्दारी प्रथाविरुद्ध सशस्त्र कारवाही आरम्भ गरेका थिए । कार्यक्रममा ठूलो दुर्गा अधिकारीले त्यसबेलामा सङ्घर्ष र बलिदानकै जगमा हाल मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गरेकी छिन् । आन्दोलनमा लाग्दाका अनुभव र कथा-व्यथा देश र जनताका हितका लागि पस्कन आफूहरु तयार रहेको उनको भनाइ छ ।

    वरिष्ठ पत्रकार दाहालले नेपालमा राणा शासन र पञ्चायत शासनविरुद्ध कम्युनिष्ट र कांग्रेसले अनेक चरणमा आन्दोलन गरेको उल्लेख गर्दै झापा विद्रोह एक महत्वपूर्ण चरण भएकाले बताएका छन् । उनले पुस्तकका माध्यमबाट उक्त विद्रोहलाई हालसम्मका बुझाइलाई थप परिस्कृत बनाउन सहयोग मिल्ने जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ