शुक्रबार, जेठ ४ गते २०८१

नवनिर्वाचित सांसद नेम्वाङले भने : बुबाले देखाएको मार्गलाई समाएर इमानका साथ काम गर्छु

नवनिर्वाचित सांसद नेम्वाङले भने : बुबाले देखाएको मार्गलाई समाएर इमानका साथ काम गर्छु

अखबार दैनिक
मंगलबार, वैशाख १८ २०८१
  • नवनिर्वाचित सांसद नेम्वाङले भने : बुबाले देखाएको मार्गलाई समाएर इमानका साथ काम गर्छु

    वैशाख १८ काठमाडौं । इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    images

    मंगलबार इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उहाँले इलामेली जनताको शीर झुक्न नदिने गरी इमान्दार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताएका हुन् । नवनिर्वाचित सांसद नेम्वाङले आफ्नो बुबाले देखाउनुभएको बाटो र उज्यालोलाई समाएर आम मतदाताको एक एक मतको मूल्यांकन हुनेगरी काम गर्ने बताए । त्यस अवसरमा उनले आफूलाई विश्वास गरेर मत दिएको भन्दै आम मतदाताप्रति आभार पनि व्यक्त गरेका थिए ।

    नवनिर्वाचित सांसद नेम्वाङले भने, ‘म एकदमै हर्षित पनि छु । अलिअलि भावुक पनि भएको छ । यो हर्ष र भावुकको एउटा जुन अहिलेको समय छ । म के बाचा गर्न चाहन्छु भने तपाईहरुले संघर्ष गरेर सुरक्षित राखेर ल्याउनुभएको एकएक मत, सुरक्षित राख्नुभएको एक एक मतको मूल्यांकन हुने गरेर, तपाईहरुलाई कुनै पनि संकोच हुन नदिने गरेर म काम गर्नेछु । मैले बुबाले देखाउनु भएको त्यही बाटो र उज्यालोलाई समाएर प्रतिवद्ध हिसावले इमान्दार र निष्ठापूर्वक काम गर्नेछु । तपाईहरुको शीर कहिल्यै पनि झुक्न दिने छैन ।’

    नेम्वाङले नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खडकालाई ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित गरेका थिए । संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा एमालेले उनका कनिष्ठ सुपुत्र सुहाङलाई उम्मदवार बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ