शुक्रबार, जेठ ४ गते २०८१

मुस्ताङमा विद्यार्थी चढेको बस दुर्घटना, २१ जना घाइते

मुस्ताङमा विद्यार्थी चढेको बस दुर्घटना, २१ जना घाइते

अखबार दैनिक
मंगलबार, वैशाख १८ २०८१
  • मुस्ताङमा विद्यार्थी चढेको बस दुर्घटना, २१ जना घाइते

    वैशाख १८  पोखरा । काठमाडौंबाट मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका विद्यार्थी सवार बस मुस्ताङमा दुर्घटना भएको छ । मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी–मुक्तिनाथ सडकखण्डमा मुक्तिनाथबाट जोमसोमतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१००६ख ६२२ नम्बरको बस मंगलबार बिहान ९ बजे दुर्घटनामा परेको हो । 

    images

    काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजका विद्यार्थी सवार रिजर्भ बस मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा दुर्घटना भएको हो । उक्त बसमा चालकसहित ३३ जना विद्यार्थी सवार थिए । तीमध्ये २१ जना सामान्य घाइते भएको र अरूलाई केही नभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डीएसपी भोजराज पाण्डेयले जानकारी दिए । 

    सिराहाका आदेश आचार्य, भक्तपुरका अनुज न्यौपाने, सिराहाकी ज्योतिकुमारी साह, गुल्मीकी समिक्षा ज्ञवाली, काठमाडौंकी प्रतिक्षा खड्का, ओखलढुंगाकी बिन्दा दाहाल, काठमाडौंकी अनामिका थापा, कैलालीका ध्रुवराज जोशी, भोजपुरका पेसल बस्नेत, महोत्तरीकी रम्मा कुमारी, पाँचथरका आदेश लावती, सुनसरीका निशान रसाइली, धनुषाका सुरजकुमार परियार, बर्दियाका सुवास नेपाल, काभ्रेका सौगात त्रिपाठी, सर्लाहीका राहुल साह, काठमाडौंका साइरस तामाङ, भक्तपुरकी अनमिका सुवार, धनुषाका दीपककुमार निधि, सर्लाहीका निरञ्जन साह र डोटीका रोहित बलायर घाइते भएका छन् । 

    उनीहरूलाई उपचारका लागि जोमसोमस्थित जिल्ला अस्पताल मुस्ताङ पठाइएको छ । घाइतेहरूको टाउको, ढाड र खुट्टामा चोट लागेको छ । बस तीव्र गतिका कारण घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ