बुधबार, वैशाख १९ गते २०८१

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार घिमिरे र श्रेष्ठलाई

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार घिमिरे र श्रेष्ठलाई

अखबार दैनिक
शुक्रबार, पुस २० २०८०
  • प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार घिमिरे र श्रेष्ठलाई

    काठमाडौँ । प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा साहित्यिक पुरस्कार पत्रकार घिमिरे र श्रेष्ठलाई दिने निर्णय गरेको छ । प्रतिष्ठानको हालै बसेको बैठकले प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ वरिष्ठ साहित्यिक पत्रकार रुक्मिणी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो ।

    images

    सात दशकदेखि साहित्यिक पत्रकारितामा निरन्तर योगदान गर्दै आएका घिमिरेले २०१८ साल ज्येष्ठ २ गतेबाट रचना साहित्यिक द्वैमासिक  पत्रिकाको सम्पादक  र प्रकाशक रही साहित्यिक पत्रकारिता यात्रारम्भ गरेका थिए । अहिलेसम्म पनि निरन्तर रचना प्रकाशित भइरहेको छ ।

    यसैगरी प्रज्ञा–प्रतिष्ठानले पाँच दशकदेखि  साहित्यिक पत्रकारितामा समर्पित श्रेष्ठ नेपाल भाषामा २००८ साल वैशाखदेखि प्रकाशित हुँदै आएको  ‘थौंकन्हे’ साहित्यिक मासिकमा २०४५ सालमा  आबद्ध रहेकी छन् । दुवै पुरस्कारको राशि जनही रु ५०,००० (पचास हजार) रुपैयाँ रहेको छ । उक्त पुरस्कार २०८० साल पुस २९ गते आइतबार प्रदान गरिने नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ