शनिबार, जेठ ५ गते २०८१

जाडोमा तात्तातो भक्का !

जाडोमा तात्तातो भक्का !

अखबार दैनिक
बिहीबार , पुस १९ २०८०
  • जाडोमा तात्तातो भक्का !

    नेपालमा जाडो याम सुरु भइसकेको छ । जाडो सुरु हुनसभा पूर्वी तराईमा भक्काको क्रेज बढ्दै जान्छ । भक्कालाई तराईमा बिहानी खाजाका रुपमा पनि लिने गरिएको छ ।

    images

    पुस माघको चिसो मौसमको हरेक बिहान पूर्वी तराईका अधिकांश ठाँउमा बाफमा पकाइएको भक्का खान चोकचोकमा घुइँचो लाग्ने गर्छ । चटनी वा चियासँग भक्का खाँदा न्यानो मात्र हुँदैन, यसबाट प्राप्त स्वाद र सन्तुष्टिले आनन्द दिन्छ । आदिबासी राजवंशी समुदायले परापूर्वकालदेखि खाँदै आएका भक्का अहिले पूर्वी तराईको साझा परिकार बनेको छ । भोक मेटिने र अनुपम स्वाद भेटिने हुँदा बच्चादेखि पाकासम्मका लागि बिहानी खाजाका रुपमा भक्का लोकप्रिय बनेको छ ।

    चामललाई पीठो बनाएर माटाको हण्डी भाडामा पकाइने बटुका आकारको सुख्खा परिकार भक्का हो । राजवंशी भाषामा यसलाई ‘भाक्का’ भनिन्छ । पहिलेपहिले बाफ उड्दै गरेको तात्तातो भक्का ढकीमा बोकेर राजवंशी महिला गाउँतिर बेच्न लैजान्थे ।

    मध्य पौष र माघको चिसो मौसममा तात्तिएको ओछ्यान छाड्ने कसैको रहर हुँदैन् । त्समाथि पनि बिहान सबेरै उठ्न धेरैले अल्छि गर्ने गर्छन् । तर, जाडो मौसममा एकाविहानै भक्का बेच्ने महिलाहरु चुल्हो र केही भाँडाकुँडा लिएर बजारको सडक छेउमा पुगिसकेका हुन्छ । त्यसपछि विस्तारै भक्का पसलमा मानिसहरुको भीड लाग्न थाल्छ । उनीहरुले व्यापार सुरु हुन्छ । तराईका आदिवासीको भन्सामा खाजाको रूपमा पाक्ने मौलिक परिकार ‘भक्का’ले पछिल्लो समय व्यावसायिक रूप लिँदै गएको छ।

    भक्का चामलको पिठोबाट बनाइने परिकार हो। यो पानीको बाफबाट पकाइन्छ। तराईको मुटु काम्ने जाडो र बिहान कलेज जान्ने विद्यार्थी, देखी मड्निङ्ग वाक जानेसम्म भक्का पाक्दै गरेको ठाउँमा पुग्ने गर्छन् । पूर्वी तराईबाट सुरु भएको भक्काको व्यपार अहिले देशको राजधानी शहर काठमाडौँसम्म हुन थालेको छ । पछिल्लो समय भक्का लोकप्रिय बिहानी खाजा बन्दै गएको छ ।

    चिल्लो र मसलेदार नहुने भएकाले स्वास्थयका दृष्टिकोणले पनि यसलाई राम्रो मानिन्छ । तातै खाँदा स्वाद लाग्ने, पचाउन सजिलो र शरीर न्यानो रहने हुनाले जाडोमा भक्काको क्रेज बढ्दो छ । चिसो मौसम शुरु भएसँगै ग्रामीण क्षेत्रको बजार होस् वा पूर्व–पश्चिम राजमार्गसँग जोडिएका चोक र बजार, भक्का नपाउने ठाँउ नै छैनन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार