बुधबार, वैशाख १९ गते २०८१

इण्डियन आइडलमा लगातार दोस्रोपटक ‘पर्फमर अफ द वीक’ बनिन् मेनुका पौडेल

इण्डियन आइडलमा लगातार दोस्रोपटक ‘पर्फमर अफ द वीक’ बनिन् मेनुका पौडेल

अखबार दैनिक
सोमबार, पुस २ २०८०
  • इण्डियन आइडलमा लगातार दोस्रोपटक ‘पर्फमर अफ द वीक’ बनिन् मेनुका पौडेल

    काठमाडौं । नेपालकी मेनुका पौडेल लगातार दोस्रोपटक भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् ।

    images

    पछिल्लो सप्ताहन्तको एपिसोडमा उनले हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको गीत ‘सिरिडी वाले साइबाबा’ गीत गाएकी थिइन् । पछिल्लो एपिसोडमा सबै प्रतिस्पर्धीले भजन गाएका थिए ।

    मेनुकाले आफैंले हार्मोनियम बजाएर गीत गाइन् । नयाँ पुस्तालाई भजनजस्तो शास्त्रीय संगीतसँग जोड्न यो एपिसोड समर्पित गरिएको जज तथा गायिका श्रेया घोषालले बताएकी छन् ।

    मेनुकाको यो प्रस्तुतिमा यसअघिजस्तै जज र अतिथिले स्ट्यान्डिङ ओभेसन दिएका थिए । जज कुमार सानुले मोहम्मद रफीको गीतलाई आफ्नो पहिचान बनाएको भन्दै मेनुकाको प्रशंसा गरे । श्रेयाले चाहिं मेनुकाको उक्त प्रस्तुति हिटभन्दा माथिल्लो स्तरको रहेको बताइन् ।

    उक्त प्रस्तुतिपछि मेनुकालाई उपस्थित अतिथिले सम्मान समेत गरेका थिए । मेनुका अहिले इण्डियन आइडलको अन्तिम १४ मा प्रतिस्पर्धा गरिरहेकी छन् । उनले गत साता भारतीय फिल्म ‘सलार’को लागि पनि गीत गाउने मौका पाइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ