शनिबार, जेठ ५ गते २०८१

खुकुरी प्रहार गरी छिमेकीको हत्या

खुकुरी प्रहार गरी छिमेकीको हत्या

अखबार दैनिक
मंगलबार, मंसिर १९ २०८०
  • खुकुरी प्रहार गरी छिमेकीको हत्या

    सुनसरी । वृद्धमाथि खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका-२ शान्तझोडास्थित राई टोल बस्ने ७० वर्षीया मधुमाया पुरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय सन्तोष राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    images

    आफ्नै घर नजिक रहेको गाईगोठमा मल सोर्दै गरेको अवस्थामा राईले पछाडिबाट खुकुरीले प्रहार गर्दा गम्भीर घाइते भएकी पुरीको तरहरा सामुदायिक अस्पताल तरहरामा सामान्य उपचार पश्चात् थप उपचारको लागि धरान घोपामा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी तरहरा र प्रहरी बिट शान्तिझोडाबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार