शनिबार, जेठ ५ गते २०८१

सामाचकेवा पर्व आज समापन गरिँदै

सामाचकेवा पर्व आज समापन गरिँदै

अखबार दैनिक
सोमबार, मंसिर ११ २०८०
  • सामाचकेवा पर्व आज समापन गरिँदै

    ११ मंसिर, काठमाडौं । आदिवासी थारू समुदायले काठमाडौंसहित पूर्वी तराईमा आज सामाचकेवा पर्व आज समापन गर्दैछन् । दाजुभाइ-दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज १२औँ दिनमा समापन हुन लागेको हो ।  आजै मिथिला क्षेत्रमा पनि सामाचकेवा समापनि गरिँदैछ ।

    images

    कात्तिक शुक्ल द्वितिया अर्थात् भाइटीकाको दिनदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाका दिन समापन गरिने परम्परा रहेको थारू संस्कृति विद् भुलाइ चौधरी बताउँछन् ।

    यस्तै काठमाडौं उपत्यकामा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारु समुदायका दुई समूहले समाचकेवा पर्व समापन गर्ने कार्यक्रम राखेका छन् ।

    थारु महिला समाजले ललितपुरको टीकाथलीस्थित गोदावरी खोलामा समाचकेवा समापन गर्दैछ भने थारू महिला सभाले काठमाडौंको तमू बौद्धमा समाचकेवा कार्यक्रमको आयोजना गरेर समापन गर्ने कार्यक्रम तय भएको छ ।

    ‘हामी थारु समुदायले संघीय राजधानी काठमाडौंमा आफ्नो संस्कार र संस्कृतिलाई कायम विगत २० वर्षदेखि यो पर्व मनाउँदै आएका हौं । तर सरकारले हाम्रो यो पर्वलाई कुनै मान्‍यता दिएको छै न। यो तराइको संस्कृतिमाथिको अपमान गरिएको छ ।’ थारू महिला समाजकी महासचिव अनिता चौधरीले बताइन् ।

    थारु समुदायसँगै तराइमा अन्‍य समुदायहरुले समाचकेवा थारुहरुसँगै सिकेर मनाउँदै आएका छन् । उनले भनिन्, ‘समाचकेवा थारुको रगतसँगको सम्बन्ध छ । यो इतिहासमा थारु राजाहरुको कहानी समेटिएको छ । समा राजाकी छोरी थिइन् । बुवाको आदेशलाई पालना गर्न घरबाट वनबास जानु पर्‍यो । आफ्नै मौलिक परम्परा गीत र संगीत छ । त्‍यसकारण यसको महत्व थारु समाजमा धेरै छ।’

    उनका अनुसार करिब दुई हजार वर्ष पहिले गरभ देशमा गरभा नामक राजा थिए । उनकी रानीको नाम आदम्बत्ती थियो । सातौं शताब्दीताका राजा सालिक बाहन थिए । उनको दरबार कुराले भरिपूर्ण थियो।

    नाचगानदेखि रेखदेख गर्ने रखबारीसम्‍म । उनका सात भाइ छोरा साम र बहिनी समा थिइन् । समाको विवाह त्यतिबेलाका सेन वंशीय राजा चक्रवातसँग भएको थियो। समाको सानैमा विवाह भएकाले उनी माइती अर्थात् बुवाकै दरबारमा बस्थिन् । दरबारमा विभिन्न मानिस आउजाउ गर्ने गर्दथे। एक दिन समालाई देखेर डाहा गर्ने चुगला (कुरौटे)ले राजालाई कुरा लगाइदिए ।

    दरबारमा छोरीको कुरा राजासमक्ष पुगिसकेपछि राजाले छोरीलाई दरबारबाट निकालिदिए । समा बाध्य भएर वनबासमा जानुपर्‍यो । जब समाका सात भाइले बहिनीलाई घरबाट निकालेर वनबास पठाएको थाहा पाए, उनीहरु सातै भाइ बहिनी समालाई लिन जंगल गए। जंगल पुग्दा बहिनी समा चराको रुपमा थिइन् ।

    बहिनी चरा भएको देखेर भाइहरुले वियोगान्त स्वरुप बहिनीको माया नपाएपनि अर्को जन्ममा समा-चकेवाको रुपमा जन्मिन पाउँ भन्दै फर्किए । त्‍यही दिनदेखि भाइ-बहिनीको प्रतीकको रुपमा समाजमा समा-चकेवा मनाउन थालिएको जनविश्वास छ । यता, समाजले राजालाई छोरीलाई निकालेर ठीक नगरेको भन्‍दै गरभा राजालाई गीतमार्फत गुनासो र चुगला (कुरौटे)लाई गाली गर्न थालेको मान्यता छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार