शनिबार, जेठ ५ गते २०८१

दीपावलीका लागि पाला बनाउँदै कुमाल समुदाय 

दीपावलीका लागि पाला बनाउँदै कुमाल समुदाय 

अखबार दैनिक
आइतबार, कात्तिक १९ २०८०
  • दीपावलीका लागि पाला बनाउँदै कुमाल समुदाय 

    विराटनगर । आउँदै गरेको तिहार र छठलाई लक्षित गर्दै मोरङको रङ्गेली र सुनवर्षीका कुमाल समुदायलाई माटोका सामग्री बनाउन भ्याइनभ्याई छ । लक्ष्मीपूजा र छठमा बढी प्रयोग हुने दियो, कलश, पाला, ढक्ना जस्ता सामग्री बनाउन उनीहरू व्यस्त बनेका हुन् । 

    images

    रङ्गेलीस्थित आमगाछी र सुनवर्षी नगरपालिकाको कदमगाछीमा २४ घरधुरी कुमाल समुदायका पण्डित जातिको बसोबास छ । उनीहरूले माटोबाट दियो, घैला, सिया, कुहा, मटकुरी, खुत्रुके, हात्ती, ढक्ना, दलिया, पाला, कलश जस्ता सामग्री निर्माण गरी बिक्रीबाट जीविकोपार्जन गर्दै आएका छन् । 

    pppp-(8)_itozbmg4z5.jpg

    तिहार र छठमा यी सामग्रीको विशेष माग हुने भएका कारण दसैँसँगै उनीहरूले ध्यान यही कामका लागि केन्द्रित गर्दै आएका हुन् । लक्ष्मीपूजाका दिन घर वरिपरि पाला बालेर झिलिमिली बनाइने चलन छ । यसका लागि माटोको दियो शुद्ध हुने विश्वास छ । त्यही दियोमा बत्ती बालेर लक्ष्मीलाई स्वागत गर्ने हिन्दुहरूको परम्परा छ । 

    १० वर्षयता यही काम गरेर आफूले गुजारा चलाउँदै आएको बिरेन पण्डित बताउँछन् । माटो, पराल र दाउरा किन्नुपर्दा अपेक्षा गरे जति कमाइ नहुने सुरेश पण्डित बताउँछन् । माटोका सामग्री मेहनत गरी बनाएपछि त्यसलाई घाममा २४ घण्टा र आगोमा ७२ घण्टासम्म पकाउनु पर्छ । 

    pppp-(7)_CJv1AARt7D.jpg

    तिहारका लागि दियो र घडाको माग बढी हुन्छ । छठमा समेत तिहारमा जतिकै सामग्रीको माग हुने गरेको छ । अहिले एक दर्जन पाला ६० रुपैयाँमा बिक्री हुन्छ । 

    pppp-(6)_Q6OgymNifp.jpg

    रङ्गेली नगरपालिका उपप्रमुख झुमा पराजुलीका अनुसार नगरपालिकाभित्र रहेका १२ घरधुरी परिवारलाई लक्षित गरेर माटाका भाँडा बनाउँदा माटो मुछ्नेलगायतका कामका लागि नगरपालिकाले विद्युतीय मेसिन उपलब्ध गराएको छ । उनीहरूलाई आत्मनिर्भरता बनाउन नगरपालिकाले मेसिन र माटोका लागि ६ कठ्ठा जग्गासमेत उपलब्ध गराइएको पराजुलीले बताइन् । 

    pppp-(5)_T7FbImggJK.jpgpppp-(4)_8ahDkzBaQC.jpgpppp-(3)_QaC4cPP3JB.jpgpppp-(2)_cOtPsMMkA0.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार