शनिबार, जेठ ५ गते २०८१

दसैँमा घर गएको बेला ललितपुरमा सुन र नगद चोरी

दसैँमा घर गएको बेला ललितपुरमा सुन र नगद चोरी

अखबार दैनिक
बिहीबार , कात्तिक १६ २०८०
  • दसैँमा घर गएको बेला ललितपुरमा सुन र नगद चोरी

    ललितपुर । ललितपुरमा एउटा घरबाट लाखौँको गरगहना र नगद चोरी भएको छ । गोदावरी नगरपालिका–१० मुलपानी बस्ने खोटाङ दिक्देल मजुवागडी नगरपालिका१० घर भएका ४४ वर्षीय बम बहादुर बानियाँको टहराबाट सुन र चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ४ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । 

    images

    गत असोज २९ गते खोटाङ गएर कात्तिक १५ गते फर्किदा चोरी भएको थाहा हुन आएको बताइएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार