शनिबार, जेठ ५ गते २०८१

दसैँ अवधिमा उपत्यकामा १० ठाउँमा चोरी

दसैँ अवधिमा उपत्यकामा १० ठाउँमा चोरी

अखबार दैनिक
आइतबार, कात्तिक १२ २०८०
  • दसैँ अवधिमा उपत्यकामा १० ठाउँमा चोरी

    काठमाडौँ । वडा दसैँको समयमा काठमाडौँ उपत्यकामा १० ठाउँमा चोरीका घटना भएका छन् । फूलपाती देखी कार्तिक १० सम्ममा १० ठाउँमा चोरीका घटना भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले बताए ।

    images

    चोरी र अन्य अपराध नियन्त्रण गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुरले ‘सुरक्षा योजना’ बनाएर लागु गरेका थिए । ‘सुरक्षा योजना’ छठसम्म लागु हुने एसएसपी मैनालीले जानकारी दिए ।

    काठमाडौँ उपत्यकामा दसैँको अवधिमा कुटपिटबाट एक जना र सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । झैझगडा र कुटपिटका कारण १३ जना घाइते भएका छन् । सवारी दुर्घटनामा परेर १०१ जना घाइते भए । फूलपातीपछि जुवा खेलेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले ७ जना, ललितपुरले १३ जना र भक्तपुर प्रहरीले २ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

    दसैँको अवधिमा धारिलो हतियार प्रहारका घटना २ वटा भए । धारिलो हतियार प्रहारबाट ३ जना घाइते भएका थिए । घटनामा संलग्नहरूबारे अनुसन्धान भइरहेको एसएसपी मैनालीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार